ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
जलेश्वर, २७ चैत । महोत्तरीको रघुनाथपुरमा आज ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ज १ त ३३८८ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकमा पल्टिदा १९ वर्षिय उदित यादव र २० वर्षिय मुकेश यादवको घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ ।
मराहा खोलामा तटबन्ध निर्माणका लागि श्रीपुरबाट तारजाली ल्याएर आइरहेको ब्रेक फेल हुँदा पल्टिएको थियो ।
ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
