मन्त्रिपरिषद् बैठक भोलि तीन बजेसम्मका लागि स्थगित
काठमाडौं, २७ चैत । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक फेरि पनि स्थगित भएको छ । आज बस्न नसकेपछि मन्त्रिपरिषद्को अर्को बैठक भोलि दिउँसो तीन बजेका लागि बोलाईएको छ ।
दुई उपप्रधानमन्त्रीको वरीयता विवादले तीन सातासम्म बस्न नसकेको बैठक उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि वरीयतामा लचिलो भएपछि आजका लागि बोलाईएको थियो । तर पनि आज बैठक बस्न सकेन ।
मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नेबारे मधेसी मोर्चासँग सहमतिमा पुग्न नसकेपछि आजको बैठक स्थगीत भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४७