मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

भक्तपुर न्यूज

२७ चैत २०७३ ८:१९

मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट, २७ चैत । नुवाकोटको ककनी गाउँपालिका–४ हाकुलेको पासाङ ल्हामु राजमार्गको त्रिशूली–ककनी सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बेलकोटबाट काठमाडौं तर्फ कुखुरा बोकेर जाँदै गरेको बा २ ख ४२५१ नम्बरको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । आज बिहान पौने तीन बजेतिर गाडी अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गाडीधनी बेलकोटगढी नगरपालिका–२ कुमरीका २७ वर्षका सुधन न्यौपाने र चालक २४ वर्षका महेन्द्र पुडासैनीको मृत्यु भएको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।
दुर्घटनामा बेलकोटगढी नगरपालिका–२ कुमरीका राममणी न्यौपाने र श्रीकृष्ण न्यौपाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय