सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २७ चैत । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । गत शुक्रबार तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सयले घटेर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेको छ । गत शुक्रबार ८ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ८ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
