एमाले भक्तपुरको अध्यक्षमा पुनः देउजा चयन

भक्तपुर न्यूज

२५ पुष २०७८ ३:३१

एमाले भक्तपुरको अध्यक्षमा पुनः  देउजा चयन

भक्तपुर । नेकपा एमाले भक्तपुरको अध्यक्षमा पुनः बचन देउजा सर्वसम्मत चयन भएका छन् ।

शनिबार आठौं जिल्ला अबिधेशनबाट अध्यक्षमा देउजा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि पनि जिल्ला अध्यक्ष नै थिए ।

एमाले जिल्ला कमिटीको उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहनबीर श्रेष्ठ, उपसचिवमा मिलन सुवाल र दामोदर दंगाल चयन भएका छन् ।

अधिवेशनले एमालेको १०५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय