सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न कजाकिस्तानमा रुसी सेना परिचालन, ३ हजार प्रदर्शनकारी पक्राउ

भक्तपुर न्यूज

२३ पुष २०७८ ११:१२

सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न कजाकिस्तानमा रुसी सेना परिचालन, ३ हजार प्रदर्शनकारी पक्राउ

काठमाडौं । काजकिस्तानमा रुसी सेना परिचालनपछि कम्तीमा ३ हजार प्रदर्शनकारी पक्राउ परेका छन्। रुसको शान्ति सेना परिचालनपछि शुक्रबारसम्म कम्तीमा ३ हजारभन्दा बढी सरकार विरोधी प्रदर्शनकारी पक्राउ परेका हुन्।

रुसी सेना खटिएपछि प्रदर्शनकारीहरुलाई त्यहाँको सुरक्षाकर्मीले पक्राउ गरेको काजकिस्तानको आन्तरिक मामला मन्त्रालयले सो जानकारी दिएको हो। पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिको विरोधका कारण अशान्त बनेको काजकिस्तानमा त्यहाँ राष्ट्रपति कासिम जोमार्ट तोकायिभको आग्रहमा बिहीबारदेखि रुसको शान्ति सेना तैनाथ भएको थियो।

काजकिस्तानमा इन्धनको मूल्यवृद्धिको विरोधमा आइतबार त्यहाँका सरकारविरोधी नागरिकले प्रदर्शन सुरु गरेका थिए। करिब एक हप्ता लामो सो प्रदर्शन पछिल्ला दिनहरुमा हिंसा परिणत भएको थियो। काजकिस्तानको ठूलो सहर अल्माटीबाट सुरु भएको सो प्रदर्शन देशभर चलेको थियो।

प्रदर्शन हिंसामा परिणत भएपछि गएको मंगलबार काजकिस्तान सरकारले राजीनामा दिएको थियो भने देशमा संकटकाल घोषणा गरिएको थियो। प्रदर्शन अवधिभर १८ सुरक्षाकर्मी मारिएका थिए भने दर्जनौं प्रर्दशनकारी मारिएका थिए। सो हिंसामा १ हजारभन्दा बढी प्रदर्शनकारीहरु घाइते भएका थिए। एजेन्सी

प्रकाशित मितिः २०७८ पुस २३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय