प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा विरोध प्रदर्शन जारी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शनलाई जारी राखेका छन् ।
सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । प्रधानन्यायधीशका कारण न्यायलय नै भ्रष्ट भएको भन्दै उनीहरुले राजीनामाको माग गदै निरन्तर आन्दोलन गरिरहेका छन् ।
अधिवक्ता कृतिनाथ शर्मा पौडेलले न्यायलयको सुधारको लागि आफूहरुको आन्दोलन भएको भन्दै प्रधानन्यायधीशको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए । न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले उठाएको आवाजलाई सबैबाट समर्थन प्राप्त भएको उनले दावी गरे ।
उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखे । उनले झनै सशक्त आन्दोलन गर्ने चेतवनी समेत दिएका छन् ।
प्रकाशित मितिः २०७८ पुस २२ बिहिबार
