ब्राजिल प्रशिक्षकले भने– नेइमार विश्व उत्कृष्ट खेलाडी

भक्तपुर न्यूज

२६ चैत २०७३ ७:५२

ब्राजिल प्रशिक्षकले भने– नेइमार विश्व उत्कृष्ट खेलाडी

एजेन्सी २६ चैत । ब्राजिल प्रशिक्षक टिटेले पछिल्लो केही महिनाको प्रदर्शनलाई हेर्दा नेइमार विश्व फुटबलको उत्कृष्ट खेलाडी भएको दावी गरेका छन्।

२५ वर्षीय नेइमारले विश्व कप छनोटमा ६ गोल गरिसकेका छन्। उनको उत्कृष्ट प्रदर्शनका कारण ब्राजिल आउँदो वर्ष रुसमा आयोजना हुने विश्व कप फुटबलमा प्रवेश गर्ने पहिलो टोली बन्न पुगेको थियो।

नेइमारकै प्रभावले बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पनि पुग्न सफल भएको थियो। पेरिस सेन्ट जर्मनीलाई ६–१ ले पराजित गर्न उनले अन्तिम मिनेटमा दुई गोल गरेका थिए भने निर्णायक गोलका लागि अवसर मिलाइदिएका थिए। पछिल्लो ४ महिनाको समिक्षा गर्दा नेइमार उत्कृष्ट छनँ,’ ब्राजिल प्रशिक्षक टिटेले शुक्रबार साओ पाउलोस्थित रेडियो बान्डेरान्टेसलाई दिएको अन्तर्वार्तामा भनेका छन्। उनले पछिल्लो १० वर्षसम्म रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसी विश्व उत्कृष्ट खेलाडी रहेको पनि बताउन भुलेनन्।

गत वर्ष डुँगालाई पदस्थापन गर्दै ब्राजिलको प्रशिक्षक नियुक्त भएपछि टिटेको नेतृत्वमा ब्राजिलले विश्व कप छनोटको सबै ८ खेल जितेको छ। नेइमारले ब्राजिलबाट ७७ अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा ५२ गोल गरिसकेका छन्। टिटेकै आगमनपछि नेइमारलाई कप्तानको भूमिका दिइएको थियो।

‘मैले उसलाई भनिसकेको थिएँ, कप्तानको भूमिकालाई सहजिकरण गर्नेछुँ,’ टिटेले पुरानो कुरा सम्झँदै नेइमारले प्रतिउत्तरलाई उध्रित गरे– मलाई भूमिका सुम्पिँदा हुन्छ, म तयार छँु। टिटेको वास्तविक नाम आडेनोर लियोनार्दो बाची हो। उनले विश्व कप तयारीका लागि युरोपमा अभ्यास गर्ने आफ्नो योजना अघि सारिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय