फरवार्ड लुकाकु चेल्सीको टिममा फर्किए

भक्तपुर न्यूज

२१ पुष २०७८ ०:४८

फरवार्ड लुकाकु चेल्सीको टिममा फर्किए

काठमाडौं । फरवार्ड रोमेलु लुकाकु चेल्सीको टिममा फर्किएका छन् । चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले लुकाकु टिममा फर्किएको पुष्टि गरेका छन् ।

एक अन्तर्वार्तामा चेल्सीमा खुशी नभएको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनी टिम बाहिर रहदै आएका थिए । तर, माफी मागेपछि उनलाई टिममा सामेल गरिएको प्रशिक्षक टुचेलले जानकारी गराए ।

टुचेलका अनुसार उनी टिममा अभ्यासमा सहभागी समेत भएका छन् । उनले सोमबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेल गुमाएका थिए । उनले काराबाओ कप अन्तर्गत टोटेनहमविरुद्धको खेल भने खेल्ने छन् ।

इन्टरका लागि इटालीको सिरी ए उपाधि जिते लगतै उनी यस सिजनको सुरुमा चेल्सी आएका थिए । एजेन्सी

प्रकाशित मितिः २०७८ पुस २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय