एमाले सुदूरपश्चिमका उम्मेदवारले पनि गराए मनोनयन दर्ता
कैलाली । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गराएका हुन्। एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय कैलालीका सहायक निर्वाचन अधिकृत प्रेम भट्टले बताए ।
निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यहरू गरी सुदूरपश्चिममा कूल २ सय २७ मतदाता रहेका छन्। प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एकरएक जना प्रदेशसभा सदस्य छन् । त्यस्तै स्थानीय तह अन्तर्गत मेयर तथा उपमेयरको संख्या १७५ रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस २० मंगलबार
