‘गाउँ आएको बाटो’को छायाङ्कनमा दयाहाङ

भक्तपुर न्यूज

२० पुष २०७८ ९:०५

‘गाउँ आएको बाटो’को छायाङ्कनमा दयाहाङ

काठमाडौं । अभिनेता राई यतिबेला भोजपुर पुगेका छन् । फिल्म ‘गाउँ आएको बाटो’ छायाङ्कनका लागि उनी त्यहाँ पुगेका हुन् । केही दिनदेखि भोजपुरका विभिन्न स्थानमा भइरहेको फिल्ममा दयाहाङले गाउँले पुरुषको भूमिका निर्वाह गरिरहेका छन् ।

फिल्मको छायाङ्कन सेटबाट निर्माण युनिटले केही तस्बिर समेत सार्वजनिक गरेको छ । दयाहाङको गेटअप गाउँले पुरुषको देख्न सकिन्छ । तस्बिरमा उनको साथमा अभिनेत्री पशुपति राई तथा एक बाल कलाकार पनि देखिएका छन् । नवीन सुब्बाले निर्देशन गरिरहेको यो फिल्ममा दयाहाङ र पशुपतिको अलावा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ ।

मार्किन कापरोन छायांकार रहेको फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन छ । फिल्मको निर्मातामा अमोद राई रहेका छन् भने कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । ​दयाहाङले केही अगाडि मात्र फिल्म ‘कबड्डी ४’ को छायाङ्कन सकाएका थिए ।

प्रकाशित मितिः २०७८ पुस २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय