ट्रम्पविरुद्ध मुद्दा नचलाए बदला लिने इरानको चेतावनी
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीले जनरल कासिम सुलेमानीको हत्याको दुई वर्ष पूरा भएको अवसरमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउन माग गरेका थिए । अन्यथा इरानले यसको बदला लिने उनको भनाइ छ ।
इरानको सेनाको विदेशी शाखा कुद्स फोर्सका शीर्ष कमाण्डर थिए । सन् २०२० को जनवरी ३ मा अमेरिकाको ड्रोन आक्रमणमा सुलेमानी मारिएका थिए । यो आक्रमण तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो ।
सोमबार इरानका राष्ट्रपतिले भने, ‘यदि जनरल सुलेमानीको हत्याको आपराधिक कृत्यको लागि ट्रम्प र तत्कालीन विदेशमन्त्री माइक पोम्पेओमाथि मुद्दा चलाइएन भने हामी हाम्रा सहिद जनरलको मृत्युको बदला लिनेछौं ।’
‘अमेरिकाका तत्कालीन राष्ट्रपतिमाथि इस्लामिक कानुनअनुसार मुद्दा चलाइनुपर्छ र न्याय दिलाइनुपर्छ’, उनले भने । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस २० मंगलबार
