निर्वाचन एकै चरणमा हुनुपर्ने कांग्रेसको अडान

भक्तपुर न्यूज

२५ चैत २०७३ १०:३०

निर्वाचन एकै चरणमा हुनुपर्ने कांग्रेसको अडान

काठमाडौं, २५ चैत । नेपाली काँग्रेसका सांसदहरुले स्थानीय तहको निर्वाचन मुलुकभर एकै मितिमा गर्नुपर्नेमा जोड दिएका छन् ।
मधेसी मोर्चालाई मनाउन भन्दै सरकारले दुई चरणमा निर्वाचन गर्ने बताईरहेका बेला काग्रेसका सांसदहरुले भने तोकिएकै मितिमा एकै चरणमा मुलुकभर निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् ।
काँग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरुले दुई चरणमा निर्वाचन गर्दा जनतामा नराम्रो सन्देश जाने भन्दै आगामी बैशाख ३१ गते तय भएको निर्वाचनमा तराई मधेका जिल्लालाई पनि समावेश गर्नुपर्ने बताएका छन् ।
जनसङख्याका आधारमा मधेशमा स्थानिय तहको सङख्या बढाउन माग गर्दै मधेसी मोर्चाले निर्वाचन सार्नुपर्ने माग गरेपछि सरकार थप संकटमा परेको छ ।
काग्रेस सांसद रामकृष्ण यादवले अधिकतम सहमतीका आधारमा बैशाख ३१ भित्र निर्वाचन गर्ने गरी मधेस केन्द्रीत दललाई सहमतीमा ल्याउनुपर्ने बताए ।
यदि सहमती नभए एक हप्ता मिति सारेर भएपनि मुलुकभर एकैपटक निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।
आजको बैठकमा बोल्ने अधिकाशं सांसदहरुले मोर्चाको माग संबोधनमा गम्भिर भई संबिधान संसोधन निष्कर्षमा पुर्याउन नेतृत्वलाई सुझाव दिएका छन् ।
उनीहरुले स्थानीय तहको घोषणा पत्र पनि बिभिन्न भाषामा तयार गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *