मध्यभोटेकाशीको शेयर मूल्यमा सर्किट, प्रतिकित्ता रू. १७७ .१० पुग्यो

भक्तपुर न्यूज

१९ पुष २०७८ ८:१०

मध्यभोटेकाशीको शेयर मूल्यमा सर्किट, प्रतिकित्ता रू. १७७ .१० पुग्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन बजार खुलेको एक घण्टा १० मिनेट अवधिमा कारोबारमा आएका २१५ धितोपत्र मध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १७७ दशलमव १० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५ लाख ६२ हजार ४२२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

प्रकाशित मितिः २०७८ पुस १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय