आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

१९ पुष २०७८ ६:२२

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ६०० सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन आइतबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मितिः २०७८ पुस १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय