उकालो लाग्यो सुनचाँदीको मूल्य
काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ पुस १८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
