नदीमा सेल्फी लिन लाग्दा रुपेश बेपत्ता
बर्दिया, २४ चैत । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय किशोर बेपत्ता भएका छन् । बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर–११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन् ।
हिजो दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको किशोरका बुबा राजु श्रेष्ठले बताएका छन् । उनी श्रेष्ठका जेठा छोरा हुन् ।
किशोर नदीमा खसेको खबर पाउनासाथ आफूहरु घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बलबहादुर थापाले बताए ।
अहिले इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक थापा र शसस्त्र प्रहरी बल राजापुरका सहायक निरीक्षक मानबहादुर चौधरीको नेतृत्वमा खटाइएको टोलीले बेपत्ता किशोरको खोजी कार्य गरिरहेको र अहिलेसम्म फेला पार्न नसकेको बताइएको छ ।
