मुन्द्रेको कमेडी क्लब नयाँ स्वरुपमा ल्याउने जितुको तयारी
काठमाडौं । कमेडी शो मुन्द्रेको कमेडी क्लबु पुनस् प्रसारण गर्ने बारेमा छलफल अघि बढेको छ । बन्द भएको शो फेरि प्रसारणमा आउने सम्भावना निकै रहेको शोका निर्देशक जितु नेपालले जानकारी दिए ।
सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को शोमा होस्ट बन्न गएको आरोप लगाउँदै जितुले कात्तिकमा ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरेका थिए । ‘मुन्द्रेको कमेडी क्लब’ सिजन २ नेपाल टेलिभिजनबाट ५४ औँ भागसम्म प्रसारण भएको थियो ।
विवादबिच बन्द भएको उक्त शो नयाँ ढाँचा र रुवरुपसहित ल्याउने तयारी गरिरहेको जितु बताउँछन्। ‘यो शो प्रसारणका लागि केही टेलिभिजनले चासो देखाइरहनु भएको छ । जसकारण केही टेलिभिजनसँग प्रसारणबारे छलफल भइरहेको छ । प्रसारण मिति तय हुने बित्तिकै हामी यसबारे आधिकारिक घोषणा गर्नेछौँ । उनले बताए ।
नयाँ ढाचाँमा आउन लागेको शोमा दिनेश डीसी पनि जोडिने समेत उनले सुनाए । तर, डिसीसँग कसरी सहकार्य गर्ने बारेमा कुराकानी भइरहेको समेत उनले बताए । डीसी कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका स्टेसन म्यानेजर समेत हुन् । शोमा अध्यक्षको रुपमा अभिनेत्री करिश्मा मानन्धर नै देखिनेछन् ।
प्रकाशित मितिः २०७८ पुस ०६ मंगलबार
