काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बनेका हुन् ।
आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८-१२ ले पराजित गर्यो । जेभियरका निकेश मगरले १० अंक जोडे ।
मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८-७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९-१२ ले हराउदै फाइनलमा स्थान बनाएका थिए ।
प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७-१४ ले पाखा लगायो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७-१२ तथा रुकिजले नवोदितलाई २१-१५ ले पन्छ्याउदै फाइनल यात्रा तय गरेका थिए ।
व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह-अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डे, इ क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।
तीनदिने प्रतियोगिताको व्याचलर्स र प्लस टुमा समान २०-२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन् ।
प्रकाशित मितिः २०७८ पुस ०६ मंगलबार
Comments