मधेसको समस्या समाधानपछि मात्रै निर्वाचन : मन्त्री शर्मा
रुकुम, २३ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । आज स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पु¥याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उनको दाबी थियो ।
सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो ।
उनले अब छिट्टै नेपालको पानी जनताको लगानी अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिए । सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२