कांग्रेस महामन्त्रीको मतगणना भोलि बिहानबाट सुरु हुने

भक्तपुर न्यूज

२९ मंसिर २०७८ १०:०६

कांग्रेस महामन्त्रीको मतगणना भोलि बिहानबाट सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतदानको गणना भोलि बिहानबाट हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महामन्त्रीमा भएको मतदानको गणना भोलिबाट सुरु गर्ने तयारी गरेको हो ।

महामन्त्रीमा खसेको मतको गणना भोलि बिहान ८ बजेबाट गर्ने तयारी गरेको निर्वाचन समिति स्रोतले जनाएको छ । महामन्त्रीमा युवा नेता उम्मेदवार रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी छ ।

महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल शेखर कोइरालाको प्यानलबाट उम्मेदवार भएका छन् । त्यस्तै, सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन् ।

कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा उठेका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भए तापनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए । कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था रहेको छ ।

प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय