सिरियामा रसायनिक आक्रमणमा कम्तीमा ३५ को मृत्यु
एजेन्सी, २२ चैत । सिरियामा आज भएको रसायनिक आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । विद्रोही नियन्त्रित उत्तरपश्चिमी राज्य इडलिबको खान सेख्वाउनमा सिरिया सरकार र रुसी सेनाले रसायनिक आक्रमण गरेको त्यहाँस्थित मानव अधिकारवादी संस्थाहरुले दाबी गरेका छन् । आक्रमणमा दर्जनौं मानिस घाइते भएका छन् । तीमध्ये कैयौं बेहोस भएका छन् भने केहीको मुखबाट फिज निस्केको समाचार पत्र गार्जियनले जनाएको छ ।
सिरिया सरकारले रसायनिक आक्रमण भए÷नभएको बारे प्रतिक्रिया दिएको छैन् । राष्ट्रपति बसर अल असदको सरकारले रासायनिक हतियार प्रयोग गरेको कुरालाई अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्र संघको एक अध्ययनले सिरियामा सन् २०१४ देखि २०१५ सम्म कम्तिमा तीन पटक रासायनिक आक्रमण भएको देखाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
