एजेन्सी, २२ चैत । भारतका अलराउन्डर युवराज सिंहले क्यान्सर जस्तो भयानक रोगलाई जितेर पुनः क्रिकेट मैदानमा फर्किएको कसलाई थाहा नहोला ? उनी जस्तै क्यान्सरलाई जितेर मैदानमा उत्रिने अर्को खेलाडी बन्न पुगेका छन्, इङ्ल्यान्डका ब्याट्सम्यान माइकल कारबेरी ।
इङ्गल्याण्डका ३६ वर्षीय कारबेरीले ६ टेष्ट र ६ एक दिवसीय खेलिसकेका उनलाई गत वर्ष क्यान्सरले रोग लागेको थियो । उनी पछिल्लो जुलाईदेखि मैदानमा देखिएका थिएनन् । तर, क्यान्सरलाई जितेर पहिलो श्रेणीको क्रिकेटमा फर्किएका कारबेरीले कार्डिफविरुद्ध एक सय २१ बलमा सतक बनाउँदै उत्कृष्ट पुनरागमनसमेत गरेका छन् ।
हयाम्सायरबाट खेलेका कारबेरीले १७ बाउण्ड्री हिर्काएका थिए । उनले क्यान्सर जस्तो ठूलो रोगलाई जितेर मैदानमा फर्किन सफल भएकोमा परिवार, क्लब, इस्टमित्र तथा शुभचिन्तकहरूलाई धन्यबादसमेत दिएका छन् ।
क्यान्सरलाई जितेर क्रिजमा फर्किए माइकल कारबेरी
0
Share.
Comments