एजेन्सी, २१ चैत । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी २–२ को बराबरीमा रोकिएको हो ।
लिगमा पछिल्ला केही खेलमा राम्रो प्रदर्शन गर्न नसकेको आर्सनलले म्यानचेस्टर सिटीसँगको महत्वपूर्ण खेलमा जित निकाल्न नसके पनि हारबाट जोथियो ।
पाँचौं मिनेटमा लिरोय साने गोलबाट सिटीले अग्रता लियो । ४० औं मिनेटमा थियो वालकोटले आर्सनलका लागि बराबरी गोल फर्काए । तर त्यसको दुई मिनेटपछि सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । पहिलो हाफमा पछि परेको घरेलु टोलीका लागि ५३ औं मिनेटमा श्कोड्रन मुस्ताफीले बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल भएन र खेल २–२ को बराबरीमा सकियो । बराबरीपछि चौथो स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ५८ अंक भएको छ । छैटौं स्थानमा रहेको आर्सनलको २८ खेलबाट ५१ अंक छ । चौथो स्थानको सिटी तेस्रो स्थानको लिभरपुल भन्दा एक अंकले पछि छ भने पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकले अघि छ ।
लिग अन्तर्गत राति नै भएको खेलमा स्वान्सी र मिडल्सबर्गले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
आर्सनल र म्यानचेस्टर सिटी बराबरी
0
Share.
Comments