काठमाडौं । पाकिस्तान र बंगलादेशको दोस्रो टेस्टको तेस्रो दिनको खेल वर्षाका कारण प्रभावित बनेको छ । लगातार मैदानमा वर्षा भएपछि तेस्रो दिनको खेल नहुने भएको हो ।
बंगलादेशविरुद्ध पाकिस्तानले १८८ रन बनाएर २ विकेट गुमाएको छ । पहिलो इनिङ्समा पाकिस्तानका लागि कप्तान बाबर आजम ७१ रन बनाएर क्रिजमा छन् । बाबरसँगै क्रिजमा रहेका अजर अलीले ५२ रन बनाएका छन् ।
पाकिस्तानका लागि अबिद अलीले ३९ रन बनाएर आउट भए भने अब्दुल्लाह साफिकुर २५ रन बनाएर आउट भए ।
बलिङतर्फ बंगलादेशका लागि ताइजुल इश्लामले २ विकेट लिएका छन् । तेस्रो दिनको खेल पनि वर्षाका कारण प्रभावित बन्दा दुई टोलीबीचको दोस्रो टेस्ट बराबरीमा सकिने सम्भावना छ ।
पहिलो टेस्टमा पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २० सोमबार
Comments