रमेश उप्रेतीको ऐश्वर्य फिल्म कार्तिकमा सार्वजनिक हुने

भक्तपुर न्यूज

२० चैत २०७३ १०:०६

रमेश उप्रेतीको ऐश्वर्य फिल्म कार्तिकमा सार्वजनिक हुने

काठमाडौं, २० चैत । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ऐश्वर्य २०७४ को तिहारको छेकोमा रिलिज हुने तय भएको छ ।
दशैंमा रिलिजको चर्चाका बीच फिल्म तिहारलाई सरेको हो । दिपक दीपाको छक्का पञ्जा २ दशैंमा आउने भएपछि सहमतीमै रिलिज कार्तिक १ लाई सारिएको निर्देशक भट्टराईले बताए । फिल्ममा अभिनेता रमेश उप्रेती र दीपिका प्रसाईं प्रमुख भूमिका रहेको छ । दीपिकाको लागि यो फिल्म डेब्यू हुनेछ । उनले फिल्ममा सुपर मोडलको रुपमा काम गरेकी छिन् । त्यसो त फिल्मका निर्माता पनि उप्रेती नै हुन् ।
वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको फिल्ममा प्रसान्त ताम्राकार पनि लिड अभिनयमा छन् । राजेश श्रेष्ठले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय