सुनको मूल्य ४ सयले बढ्यो

भक्तपुर न्यूज

२० चैत २०७३ ९:२१

सुनको मूल्य ४ सयले बढ्यो

काठमाडौं, २० चैत । आज साताको पहिलो दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रति तोला ५४ हजार २ सयले कारोबार भएको सुन आज ४ सयले बढेर ५४ हजार ६ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीमा पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । ५ रुपैयाँले बढेर चाँदी आज ८ सय १० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *