सुनको मूल्य ४ सयले बढ्यो
काठमाडौं, २० चैत । आज साताको पहिलो दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रति तोला ५४ हजार २ सयले कारोबार भएको सुन आज ४ सयले बढेर ५४ हजार ६ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीमा पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । ५ रुपैयाँले बढेर चाँदी आज ८ सय १० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
