प्रधान न्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधान न्यायाधीश तोक्न सुझाव दिएका छन् । आज ९बिहीबार०बिहान प्रधान मन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले यस्तो सुझाव दिएको हो ।
लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधान न्यायाधीश तोक्न सुझाव नेताहरूले सुझाव दिएका हुन् । प्रधान न्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आएको छ । प्रधान न्यायाधीश जबरालाई कोरोना सङ्क्रमण भएपछि हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् ।
गठबन्धनको बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरू सहभागी थिए ।
प्रकाशित मितिः २०७८ मंसिर १६ बिहिबार
