काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज शुक्रबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको चौंथो खेलमा बिहान ११ स् १५ बजे नेपाल र मलेसिया भिड्दैछन् ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राख्न मलेसियालाई जित्नुपर्नेछ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।
तेस्रो खेलमा बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै नेपालले विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार
Comments