भारतीय स्थल सेनाध्यक्ष रावत स्वदेश फिर्ता
काठमाडौं, १८ चैत । नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष विपिन रावत आज स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली सेनाका बालाध्यक्ष रथी पूर्णचन्द्र थापाले उनलाई बिदार्इ गरे ।
नेपाली सेनाले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न चैत १५ गते काठमाडौं आएका रावतले प्रधानमन्त्री र रक्षामन्त्री, प्रधानसेनापति लगायतसँग शिष्टाचार भेट गरेका थिए ।
चैत १६ गते राष्ट्रपति निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीले रावतलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गरेकी थिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
