४ महिनामा ५ अर्ब बढीको ल्याप्टप तथा नोटबुक आयात

भक्तपुर न्यूज

९ मंसिर २०७८ ८:२५

४ महिनामा ५ अर्ब बढीको ल्याप्टप तथा नोटबुक आयात

काठमाडौं । पछिल्लो ४ महिनामा ५ अर्बभन्दा बढीको ल्याप्टप तथा नोटबुक आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म ५ अर्ब ३७ करोड ३८ लाख ६० हजारका ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका हुन् ।

भन्सार विभागको तथ्यांकमा पछिल्लो ४ महिनामा ५ अर्ब बढीका ९५ हजार ७५९ थान ल्यापटप आयात भएको उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म २ अर्ब आठ करोड ४१ लाख भन्दा बढीका कुल ३७ हजार ६०८ थान ल्यापटप तथा नोटबुक आयात भएका थिए । पछिल्लो समय नेपालमा ल्यापटपको आयात बढ्दै गइरहेको छ ।

प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय