दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पक्राउ

भक्तपुर न्यूज

१८ चैत २०७३ ५:४९

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पक्राउ

एजेन्सी १८ चैत ।  भ्रस्टाचार मामिलामा अपदस्त दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन हे लाई पक्राउ गरी हिरासतमा राखिएको छ ।अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएपछि ६५ वर्षीया पार्कलाई सियोलको दक्षिणमा रहेको डिटेन्सन सेन्टरमा लगिएको छ ।उनीमाथि आफ्नो साथी चोइ सुन सिनलाई सामसुङजस्ता कम्पनीबाट पैसा असुलेर राजनीतिक सहयोग प्रदान गरेको आरोप छ ।

पदबाट अपदस्त गरिएकी पार्कले आरोपहरुको खण्डन गर्दै आएकी छिन् । आपराधिक मामिलामा पक्राउ पर्ने उनी तेस्रो कोरियाली राष्ट्रपति हुन् । सियोलको सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले यसअघि पार्कलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । उनीमाथि लागेको घुस, अख्यिारको दुरुपयोग र सरकारी गोप्य सूचना चुहाएको आरोपको अनुसन्धान भइरहेको छ ।बिहिबार अदालतमा भएको ९ घण्टा लामो बहसमा पार्क उपस्थित थिइन् ।

उनका समर्थकहरुले पक्राउको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनलाई २० दिनसम्म हिरासत राख्न पाइनेछ । उनीमाथि लागेको आरोप पुष्टि भएमा उनीमाथि १० वर्ष जेल सजाय हुनसक्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *