शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
काठमाडौं, १७ चैत । नेकपा एमालेकी समानुपातिक सांसद दुलारी देवीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार अब संसदको बैठक २५ गते शुक्रबार बस्नेछ । आजको संसद बैठकमा सभामुख ओनसरी घर्तीले शोक प्रस्ताव पढेर सुनाएकी थिइन् । शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलनअनुसार बैठक स्थगित भएको हो ।
भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते हुनु भएका सांसद दुलारीको गत चैत्र १० गते ललितपूरको बि एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
