अमेरिकाकाे विस्कनसिनमा परेडमा गाडी चलाउँदा पाँचजनाको मृत्यु

भक्तपुर न्यूज

६ मंसिर २०७८ ७:१८

अमेरिकाकाे विस्कनसिनमा परेडमा गाडी चलाउँदा पाँचजनाको मृत्यु

काठमाडौैं । अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा एक व्यक्तिले गाडी चलाउँदा पाँचजनाको ज्यान गएको छ। घाइतेको संख्या ४० भन्दा बढी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा एक व्यक्तिले रातो रंगको कार परेडमा सहभागी मानिसमाथि चलाएको देखिन्छ।

स्थानीय समयअनुसार आइतबार बेलुका विस्कनसिनको वाकिशामा भएको घटनामा कारले बालबालिका सहितलाई हिर्काएको हो। प्रहरी अधिकारीले पाँचजनाको ज्यान गएको बताए पनि परिवारका सदस्यको स्वीकृतिविना विस्तृत विवरण नदिने उल्लेख गरेको छ।

तत्कालका लागि प्रारम्भीक अनुसन्धानबाट घटना आतंकवादी गतिविधि नरहेको प्रहरीको भनाइ छ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भीडमा गाडी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । सिएनएन

प्रकाशित मितिः २०७८ मंसिर ०६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय