प्रधानमन्त्री दाहाल र भारतीय राजदूतबीच भेट
काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राजदूत मन्जिवसिह पुरीबीच शिष्टाचार भेट भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए ।
प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे ।
राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४२
इरानको तेलअभिव र हाइफा शहर मुख्य निशानामा
१ असार २०८२ ७:४४