पाकिस्तानका इरफानमाथि १ वर्ष क्रिकेट खेल्न प्रतिबन्ध

भक्तपुर न्यूज

१७ चैत २०७३ ६:४७

पाकिस्तानका इरफानमाथि १ वर्ष क्रिकेट खेल्न प्रतिबन्ध

एजेन्सी, १७ चैत । विश्वका सबैभन्दा अग्ला क्रिकेटर एवं पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इरफानमाथि एक वर्षको प्रतिबन्ध लागेको छ । म्याच फिक्सिङ अर्थात खेल मिलेमतोमा संलग्न भएको आरोपमा पाकिस्तान क्रिकेट बोर्डले इरमानमाथि एक वर्षको प्रतिबन्ध लगाएका हो ।
पाकिस्तान सुपर लिगको क्रममा च्याच फिक्सिङ गरेर भ्रष्टाचार गरेको आरोपमा इरफानमाथि प्रतिबन्ध लागेको हो । यो घटनामा उनीसँगै शरजिल खान र खालिद लातिफमाथि पनि प्रतिबन्ध लागेको छ । पिएसएलमा तीनै खेलाडी इस्थानबुल युनाइटेडबाट खेलेका थिए ।
इरफानले १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने भएको छ । थप आरोप नलागे र भ्रष्टाचार विरुद्धको कक्षामा सहभागी भएमा इरफानमाथिको प्रतिबन्ध ६ महिना कम हुन सक्नेछ । इरफानले पाकिस्तानबाट पछिल्लो पटक सन् २०१६ मा खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय