चाँगुमा बच्चा जन्माएर बाँसघारीमा फाल्ने महिला प्रहरीको नियन्त्रणमा
भक्तपुर १७ चैत । भक्तपुरको चाँगुनारायण ३ झौखलमा शिशु जन्माएर बाँसघारीमा फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप गौसरा १ घर भइ हाल सो स्थानमा बस्दै आएकी २१ वर्षकी साइली तामाङलाई पक्राउ गरिएको डिएसपी कृष्ण प्रसाइँले बताए।
सुत्केरी हुन तामाङलाई बेथा लागेपछि श्रीमान पैसा खोज्न घरबाट निस्किएका थिए। पछि घर पुगेर तामाङलाई अस्पताल लैजादाँ डाक्टरले उनले बच्चा जन्माइसकेको बताएका थिए। त्यसपछि सोधपुछका क्रममा उनले बच्चा जन्माएर बाँसघारीमा फालेको बताएकी थिइन। बच्चा बाँसघारीमा मृत अवस्थामा भेटिएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
