बुर्किनाफासोमा आतंककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु

भक्तपुर न्यूज

३० कार्तिक २०७८ ९:०६

बुर्किनाफासोमा आतंककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु

काठमाडौं । बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो । बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए ।

आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन् ।उनका अनुसार सो क्षेत्रमा आतंककारीहरुले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ कार्तिक ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय