आर्चाय गोपालको ‘तिमी र म’सार्वजनिक

भक्तपुर न्यूज

२८ कार्तिक २०७८ ८:२८

आर्चाय गोपालको ‘तिमी र म’सार्वजनिक

काठमाडौं । आर्चाय गोपालको ‘तिमी र म’ गीत सार्वजनिक भएको छ। आदेश क्षेत्री र प्रेछ्या बज्राचार्यको अभिनय रहेको गीतमा आदेशले नै स्वर दिएका छन्।

संगीता क्षेत्रीले निर्माण गरेको उक्त गीत रोमान्टिक जनाराको म्युजिक भिडियो बनेको छ। गीतमा निर्देशकले आदेश र प्रेछ्याको रोमन्टिक लभ डेटिङ देखाएका छन्।

राइजिङ मलमा विशेष कार्यक्रम गरी गीत रिलिज गरिएको थियो। उक्त म्युजिक भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। दृश्यलय सिनेमाले उक्त म्युजिक भिडियो उत्पादन गरेको छ।

४ म्युजिक भिडियोसँगै सर्ट मुभिहरु निर्देशन गरेका गोपाललाई उक्त गीत निर्देशनमा किरण बिकले सहयोग गरेका छन्। आदेश पौडेलको संगीत रहेको उक्त गीतलाई अशोक महर्जनले मिक्स अथवा मास्टरिंग गरेका छन्।

त्यस्तै भिडियोलाई राहुल विश्वकर्माले प्रबन्धन गरेका छन्।

प्रकाशित मितिः २०७८ कार्तिक २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय