छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा महिला गम्भीर घाइते
काठमाडौं । महोत्तरी जलेश्वरमा साडीमा आगो लाग्दा एक महिला गम्भीर घाइते भएकी छिन् । साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा जलेश्वर नगरपालिका– ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएको हो ।
साडीमा आगो लाग्दा गम्भिर घाइते भएकी फूलकुमारीलाई तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।
त्यहाँबाट फेरि थप उपचारको लागि गएराति नै काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । आगोले उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
