नेप्से ५ प्रतिशतले बढ्यो

भक्तपुर न्यूज

१५ चैत २०७३ ९:१०

नेप्से ५ प्रतिशतले बढ्यो

काठमाडौं १५ चैत । मंगलबार तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले बढेपछि कारोबार स्थगित गरिएको छ । नेप्सेले १६ सय बिन्दुको उचाई भएको छ । नेप्से ४ महिना पछि पुनः १६ सयको बिन्दुमा आइपुगेको हो ।

बजारमा लगानीको लागि पर्खाईमा रहेकाहरु केही दिन यता नेप्सेमा भएको वृद्धिसँगै हौसिएपछि बजारले नयाँ उचाई भेटेको हो । बैंक तथा वित्तीय संस्थामा कर्जा योग्य लगानी सहज हुन थालेको, चुनावी सरगर्मी बढेपछि बजारमा खर्च बढ्ने र केही रकम सेयर बजारमा आउने अपेक्षा, २०७४ भित्रमा बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धि गरेर राष्ट्र बैंकले तोके बराबर पुर्याउँनै पर्ने र चैतपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक हुन थाल्ने र नेप्सेले ब्रोकरहरुलाई काठमाडौं बाहिर पनि शाखा खोल्न लगाएकोले पनि बजारमा लगानीकर्ताको मनोविज्ञान बढेको हो ।

बैंक तथा वित्तीय संस्थाले आगामी असारमा नै प्रस्ताव गर्न सकिने बोनस जोडेर चुक्ता पुँजी पुर्याउन सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बजारमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि वाणिज्य बैंक र बीमा कम्पनीहरु रहेका छन् ।
यता, बुटवल पावरले थप दुई आयोजना निर्माणको लागि एफपीओ (नयाँ सेयर) जारी गर्ने सुचना सार्वजनिक गरेपछि दोस्रो बजारमा पनि कम्पनीको मूलय १० प्रतिशतसम्म बढेको छ । तीन/चार साता अघि बजार एक वर्षयताकै न्युन बिन्दु १ हजार २ सय ५० मा आइपुग्दा बजारमा प्रवेश गर्न थालेका लगानीकर्ताहरुले एक/दुई सातामै ३०/४० प्रतिशत सम्म मुनाफा पाउँन थालेका थिए ।

बजार एकै दिन ७६ अंकले बढेको छ । यसदिन १ सय ४४ कम्पनीको सेयर किनबेच भएर १ अर्ब ३८ करोडको कारोबार भएको छ । बजार खुलेको आधा घण्टा नबित्दै ३ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको बजार १५ मिनेट बन्द भएर खुल्दा केही सम्हालिएको थियो । बजारमा दिनानुदिन सेयर आपुर्ती बढ्दा पनि लगानीकर्ताको मनोविज्ञानमा सुधार देखिएपछि बजारले वृद्धिको बाटो समातेको हो । बजार ४ प्रतिशत बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि आधार घण्टा कारोबार बन्द भएर शुरु भएको केही समयमै बजार ५ प्रतिशतले बढेर दिनभरको लागि कारोबार रोक्का भएको हो । मंगलबार मात्रै बजारमा ४२ करोड (४२ लाख कित्ता) भन्दा बढि सेयर थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *