नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि हुँदै

भक्तपुर न्यूज

१५ चैत २०७३ ७:४७

नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि हुँदै

भक्तपुर, १५ चैत । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भटट्राईले बिदेशीको इशारामा स्थानिय तहको निर्वाचनको विरोध गर्दै मधेशवादी दलहरुको लाइनमा गएर अन्तत स्थानिय तहको निर्वाचनमा संघिय समाजबादी पार्टीसँगको सहकार्य गर्ने भएपछि आफहरुूले त्यसको विरोध गर्दा आफूहरुलाई पार्टीले निष्कासन गरेको बताएका छन् ।
रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले डा. बाबुरामले मधेशी मोर्चाका एजेण्डा बोक्ने र जातिय क्षेत्रिय राज्यलाई पहिलो प्राथामिकता दिँदै भारतसँग नझुकि नेपालमा केही गर्न नसक्ने डा. बाबुरामकोे कार्यशैलीको आफूहरुले गरेको विरोधकै कारण आफूहरुलाई नयाँ शक्तिबाट निकालिएको बताउनु भएको हो ।
उहाँले नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि  भक्तपुरमा आयोजना गर्न लागेको बताउनु भयो । उहाँले राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झन्डै एक हजार प्रतिनिधि आउने बताउनु भयो ।
उहाँले आगामी बैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरुले भाग लिने जानकारी समेत दिनु भयो ।
सो सम्मेलनमा नयाँ शक्ति केन्द्रिय परिषदका सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र राम राज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *