प्रधानमन्त्री दाहालले भेटे चिनियाँ राष्ट्रपति
काठमाडौं, १४ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता भएको छ।
आज अपरान्ह प्रधानमन्त्री दाहाल र सीबीच भेटवार्ता भएको हो ।
ग्रेट हल अफ दि पिपुलमा दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच को भेटवार्ता द्विपक्षीय हितका विषयमा केन्द्रीत रहेको बताइएको छ ।
दाहालले सीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् । राष्ट्रपति सीले आफू उपयुक्त समयमा चाँडै नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
