ओली र भारतीय राजदुत पुरीबीच भेटवार्ता

भक्तपुर न्यूज

१४ चैत २०७३ १०:४०

ओली र भारतीय राजदुत पुरीबीच  भेटवार्ता

काठमाडौं, १४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले एमाले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
झण्डै एक घण्टा लामो बसाईमा प्रमुख प्रतिपक्ष दलका नेता ओलीले संविधानमा व्यवस्था गरिएको अधिकार स्थानीय तहसम्म पुर्‍याउने गरी नेपाली राजनीतिक अघि बढिरहेको जानकारी राजदूत पुरीलाई गराएका थिए ।
उता, राजदूत पुरीले पनि नेपाल भारतबीचको घनिष्ट सम्बन्धलाई अझै विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । राजदूत पुरीले ओहोदाको प्रमाण पत्र बुझाएलगत्तै राजनीतिक भेटवार्ता सुरु गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष ओलीसँगको शिष्टचार भेटमा उनले नेपाल भारतबीचको सम्बन्ध घनिष्ट रहेको र त्यो अझै घनिभूत भएर जाने विश्वास व्यक्त गरेका थिए ।
राजदूत पुरीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *