निर्वाचनमा जुट्न सबैलाई आग्रह : उपप्रधानमन्त्री थापा
भक्तपुर, १४ चैत्र । उपप्रधान तथा संघिय मामिला तथा स्थानिय विकास मन्त्री कमल थापाले बैशाख ३१ गते स्थानिय तहको निर्वाचन हुने बताएका छन् ।
मध्यपुर थिमि नगरपालिकाको २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधामा नरहन समेत आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन् । निर्वाचन निश्चित हुने भएकाले सबै राजनीतिक दललाई त्यसको तयारीमा जुट्न समेत आग्रह गरे ।
निर्वाचनका बारे बिभिन्न खालका टिका टिप्पणी भईरहेको भन्दै झण्डै २० बर्ष पछि स्थानिय सरकारको चुनाव हुन लागेको र यसमा मधेशी मोर्चालाई समेत सामेल गराउने वातावरण तयार भइरहेको बताए ।
मोर्चालाई चुनावमा आउन नदिने रणनीतिको परिणाम सप्तरी घटना भएको उल्लेख गर्दै सप्तरी घटना पश्चात मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र देशमा निर्वाचन हुने सम्भावना न्यून रहेकाले यसलाई साकार पार्न आफ्नो पार्टी सरकारमा गएको बताए ।