एजेन्सी, १४ चैत । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएको खेलमा विश्व विजेता जर्मनी विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह सी मा रहेको विश्वकपको साबिक विजेता जर्मनीले अजरबैजानलाई ४–१ ले हराएको हो ।
अवे मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन आन्द्रे शुर्लले दुई तथा थोमस मुलर र मारियो गोमेजले एक एक गोल गरे । अजरबैजानका लागि दिमित्री नाजारोभले एक गोल फर्काए ।
समूह सी अन्तर्गतकै खेलमा नर्दन आयरल्याण्डले नर्वेलाई २–० ले हरायो । आयरल्याण्डका लागि जेमी वार्ड र कोनर वासिङटनले गोल गरे ।
जितपछि समूहको शीर्ष स्थानमा रहेको जर्मनीको पाँच खेलबाट १५ तथा दोस्रो स्थानका आयरल्याण्डको १० अंक छ । चेक गणतन्त्र ८ अंकसहित तेस्रो स्थानमा छ ।
विश्व विजेता जर्मनीले ४–१ ले हरायो अजरबैजानलाई
0
Share.
Comments