कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने : पूर्वप्रधानमन्त्री भट्टराई

भक्तपुर न्यूज

१३ चैत २०७३ ८:१२

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, १३ चैत । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् ।
भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु हुँदा समेत सरकार लाचार ढंगमा प्रस्तुत भएको टिप्पणी गर्दै उनले भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताए ।
धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले नेपाल पुर्खाले खुकुरीको भरमा लडेर बनाएको देश भएकाले एक बित्ता सिमाना मिच्न नदिइने बताए ।
राष्ट्रिय एकतालाई बलियो बनाएर मात्र देशमा समृद्धि ल्याउन सकिने भट्टाराईको भनाई छ । उनले नेपालको जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता बलियो बनाएर मात्र देशलाई सम्वृद्धिको दिशामा अघि बढाउन सकिने बताए ।
एक फरक प्रसंगमा उनले राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको तर्क गरे । साना राजनीतिक दलहरुले थ्रेस होल्डको विरोध गरिरहेका समय नयाँ शक्तिका संयोजक भट्टराईले भने यसको पक्षमा तर्क गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *