आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५, ९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने

भक्तपुर न्यूज

१२ कार्तिक २०७८ ७:५८

आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५, ९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने

काठमाडौं । आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५,९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।

बिहीबार शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८९ औँ बैठकले आगामी वर्षबाट नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको हो ।

हाल देशभरका विभिन्न २८ वटा विद्यालयमा नयाँ पाठ्क्रम परीक्षण भइरहेको र उक्त पाठ्क्रमलाई आगामी वर्षबाट देशभरका सबै विद्यालयमा एक साथ लागु गर्ने पाठ्क्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

त्यस्तै आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ मा पनि नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने उनले बताए । त्यस्तै मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय बैठकले गरेको छ ।

मदरसाका विद्यार्थीले विज्ञान तथा प्रविधि विषय अध्ययन गर्न नचाहेकोले कक्षा ६ देखि १० सम्ममा दिनियात पढ्न दिने निर्णय बैठकले गरेको उनले बताए ।

प्रकाशित मितिः २०७८ कार्तिक १२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *