काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नापोलीको जितमा लोरेन्जो इन्सीनीएले दुई गोल गरे । फाबियन रुईजको नाममा एक गोल रह्यो । खेलको १८ औं मिनेटमा फाबियनको गोलबाट नापोलीले सुरुआती अग्रता बनाएको थियो ।
खेलको ४१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको ६२ औं मिनेटमा लोरेन्जोले पेनाल्टीबाट अर्को गोल थप्दै नापोलीलाई ३-० को जित दिलाए ।
यस जितसँगै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ । नापोलीले १० खेलमा २८ अंक जोडेको छ । बोलोग्ना १२ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १२ शुक्रबार
Comments