गुराँस लाइफले मंसिर १० गते डाक्यो साधारणसभा

भक्तपुर न्यूज

११ कार्तिक २०७८ ७:१६

गुराँस लाइफले मंसिर १० गते डाक्यो साधारणसभा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १० गते ११ औँ वार्षिक साधारणसभा डोकेको छ । सभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट हुनेछ ।

कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल ५.७९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.२९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित मितिः २०७८ कार्तिक ११ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय